अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिखेर रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्नमा व्यस्त छन् ।
तर, हालै मात्रै एक अनुसन्धानले के देखाएको छ भने चीन अब अन्तरिक्षमा नयाँ युद्धको तयारीमा छ, यसले त्यसका लागि युद्द अभ्याससमेत गरिसकेको दावी गरिएको छ ।
अमेरिकी स्पेस फोर्सले चीनको अन्तरिक्ष गतिविधिलाई ‘डग फाइटिंग’ भनेर वर्णन गरेको छ, जसमा चिनियाँ उपग्रहहरूले उन्नत सैन्य रणनीति अभ्यास गरिरहेका छन्। अमेरिकी स्पेस फोर्सले ५ चिनियाँ उपग्रह अन्तरिक्षमा फेला पारेको छ ।
वास्तवमा, अमेरिकी स्पेस फोर्सले हालै ‘शत्रु देश’ हरूले आफ्नो अन्तरिक्ष युद्ध शक्ति बढाइरहेको बताउँदै चीनीया उपग्रहहरूले युद्द अभ्यास गरिरहेकाे जनाएकाे छ। चीनले स्याटेलाइट मुभमेन्टलाई सबैका अगाडि प्रस्तुत गरेको छ, जसलाई विज्ञहरूले ‘डग फाइटिङ’ भनेका छन् । यो जानकारी ब्रेकिङ डिफेन्सको रिपोर्टमा उल्लेख गरिएको छ ।
सन् २०१९ मा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा चीन र रुस जस्ता शत्रुहरूबाट अन्तरिक्षमा आधारित खतराहरूको सामना गर्न ‘अमेरिकी स्पेश फोर्स’ स्थापना गरेका थिए।
म्याकलिसको वार्षिक प्रतिरक्षा कार्यक्रम सम्मेलनमा अमेरिकी अन्तरिक्ष बल जनरल माइकल ग्युटलिनले ५ चिनियाँ भु–उपग्रहको चालले उन्नत सैन्य रणनीति संकेत गरेको खुलासा गरेका हुन । ग्युटलिनले चीनले गरिरहेको कार्यको बारेमा विस्तृत रूपमा वर्णन गरेका पनि छन । उनका अनुसार धेरै वस्तुहरू एक अर्काको वरिपरि नियन्त्रित र मिश्रित ढाँचामा घुमिरहेका थिए। यस गतिविधिले उपग्रहहरू बीच ‘अन अर्बिट वार’ अभ्यासको भइरहेको देखिएको छ ।
‘अन्तरिक्षमा पाँचवटा फरक वस्तुहरू समन्वय र नियन्त्रणमा एक अर्काको वरिपरि घुमिरहेका देखिएको छ। यसलाई हामी अन्तरिक्षमा ‘डग फाइटिंग’ भन्छौं। तिनीहरूले एक उपग्रहबाट अर्कोमा अन्तरिक्ष सञ्चालनका लागि रणनीति, प्रविधि र प्रक्रियाहरू अभ्यास गरिरहेका छन्,’ गुएट्लिनले भने।
स्पेस फोर्सका प्रवक्ताले सन् २०२४ मा शिजियान–२४ सी र शिजियान–६०५ ए र बी उपग्रहहरूको पृथ्वीको तल्लो कक्षमा सञ्चालन गरेको वर्णन गर्दै चीनको सहभागिता पुष्टि गरेका छन् । प्रवक्ताले ब्रेकिङ डिफेन्सलाई ईमेलमा लेखेका छन्, ‘जनरल गुएट्लिनले अन्तरिक्षमा अवलोकन गरिएका चिनियाँ उपग्रहहरूको गतिविधिहरू नोट गरे। चीनले २०२४ मा तीन शिजियान–२४ सी प्रयोगात्मक उपग्रह र दुई चिनियाँ प्रयोगात्मक अन्तरिक्ष वस्तुहरू शिजियान–६ ०५ए र बीको एक श्रृंखला सञ्चालन गरेको छ, यी गतिविधिहरू पृथ्वीको तल्लो कक्षामा देखिएका थिए। यी अवलोकनहरू व्यावसायिक रूपमा उपलब्ध जानकारीमा आधारित छन्।’
अमेरिकी रक्षा मन्त्रालयले चीन र रुसले आफ्नो अन्तरिक्ष सेना बढाउँदै गएको चेतावनी दिएको छ । उपग्रहहरू पहिले एकअर्काको नजिक आएका छन् तर धेरै उपग्रहहरू एकसाथ समन्वय गर्नु ठूलो कदम हो। रिपोर्टहरूका अनुसार चिनियाँ उपग्रहहरूले भू–स्थिर कक्षमा अमेरिकी सम्पत्तिहरूको निगरानी गरिरहेका छन्। गुएट्लिनले प्राविधिक फाइदाहरू घट्दै जाँदा स्पेस फोर्सलाई अप्टिमाइज गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस