Like us!
Follow us!
Connect us!
Watch us!

दूरसञ्चार कम्पनीहरूले तिरे ४.८२ अर्ब रोयल्टी र आरटिडिएफ, सबैभन्दा बढी तिर्नेमा एनसेल

अर्थ संसार

विहीबार, १० फागुन २०८०, १३ : ५१ मा प्रकाशित

दूरसञ्चार कम्पनीहरूले तिरे ४.८२ अर्ब रोयल्टी र आरटिडिएफ, सबैभन्दा बढी तिर्नेमा एनसेल

दूरसञ्चार कम्पनीहरूले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) शीर्षकमा अघिल्लो आर्थिक वर्ष ४.८२ अर्ब भन्दा बढी शुल्क तिरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पुस मसान्तसम्ममा ३१ वटा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को रोयल्टी र आरटिडिएफ शुल्क बापत् ४ अर्ब ८२ करोड १८ लाख रूपैयाँ रोयल्टी र आरटिडिएफ रकम भुक्तान गरेका छन् । यसरी शुल्क तिर्नेमध्ये एनसेलले सबैभन्दा धेरै अर्थात २.२ अर्ब रुपैयाँ तिरेको छ जसमध्ये रोयल्टी अन्तर्गत रु १ अर्ब ४७ करोड रुपैयाँ बुझाएको छ भने आरटिडिएफ बापत् ७३ करोड ७५ लाख रुपियाँ तिरेको छ । 

यसैगरी अर्को मुख्य दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले रोयल्टी बापत् एक अर्ब ४३ करोड रुपैयाँ र आरटिडिएफको ७१ करोड ९३ लाख ५३ हजार रुपैयाँ शुक्ल बुझाएको छ । दूरसञ्चार ऐन २०५३ तथा दूरसञ्चार नियमावली २०५४ अनुसार सबै सेवाप्रदायकले पुस मसान्तसम्म अनिवार्य रुपमा वार्षिकरुपमा आम्दानीको चार प्रतिशत रोयल्टी र दुई प्रतिशत आरटिडिएफ तिर्नुपर्छ ।

हाल देशमा कुल एक सय २१ वटा कम्पनीहरुले ईन्टरनेट लगायत दूरसञ्चार सेवा उपलब्ध गराइरहेकोमा ३१ कम्पनीले मात्र पुस मसान्तसम्म रोयल्टी र आरटिडिएफ शुल्क भुक्तान गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको