Like us!
Follow us!
Connect us!
Watch us!

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, १४ : ०५ मा प्रकाशित

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।

खनालले मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर मन्त्री रेखा शर्मासमक्ष राजीनामा बुझाएका हुन् । एमडिएमएस, एनसेलको सेयर खरिदबिक्री, टेरामक्स, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी लगायत विवादै विवादकाबीच खनालले राजीनामा दिएका हुन् ।

२०७६ साउन ९ गते प्राधिकरणको अध्यक्ष भएका खनालको कार्यकाल आगामी साउनसम्म रहेको छ । पछिल्लो समय विभिन्न प्रकरणमा मुछिएर खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत तानिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको