अर्थ संसार, काठमाडौं– हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको लिलामीमा सेयरमा आवेदन दिनुभयो ? नदिएको भए आजै गएर दिनुहोस् ।
किन कि लिलामी सेयरको लागि आवेदन दिने आज अन्तिम दिन । कम्पनीले सर्वसाधारण समूहको तर्फको ७१ हजार ५३० कित्ता हकप्रद लिलिमीमा निष्काशन गरेको हो ।
कम्पनीले गत असार २८ गतेदेखि भदौ ९ गतेसम्म हकप्रद बिक्रीका लागि खुला गरेकोमा साधारणतर्फ आवेदन नपरेको हकप्रद लागि लिलामका लागि बोलपत्र आब्हान गरेको हो ।
कम्पनीको लिलामी सेयरमा कात्तिक २७ गतेदेखि मंसिर ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस