Like us!
Follow us!
Connect us!
Watch us!

लर्डबुद्ध एजुकेशन फाउण्डेसन र माइक्रोसफ्टबिच सहकार्य गर्ने समझदारी

अर्थ संसार

मंगलबार, १५ फागुन २०८०, ०८ : ०८ मा प्रकाशित

लर्डबुद्ध एजुकेशन फाउण्डेसन र माइक्रोसफ्टबिच सहकार्य गर्ने समझदारी

सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्ट कम्पनीबिच शैक्षिक सहकार्य गर्ने सम्बन्धमा समझदारी बनेको छ । 

फाउण्डेशनका अध्यक्ष पङ्कज जालान र माइक्रोसफ्टका नेपाल, बङ्गलादेश एवं भुटान  हेर्ने निर्देशक योसुप फारुखबिच शैक्षिक सहकार्य गर्ने समझदारी भएको हो ।

लर्डबुद्ध एजुकेशन फाउण्डेशनको सभा हलमा नेपाल क्लाउड प्रोफेसनलद्वारा आयोजित डट नेट सम्मेलनपछि माइक्रोसफ्टका निर्देशक फारुख र फाउण्डेशनका अध्यक्ष जालानबिच शैक्षिक सहकार्यको समझदारी बनेको हो ।

फाउण्डेशनले नेपाल क्लाउड प्रोफेसनलसँग समेत सूचना प्रविधिको क्षेत्रमा सहकार्य गरेको छ । सूचना प्रविधिको विकासका लागि शैक्षिक क्षेत्र, दक्ष जनशक्ति उत्पादन लगायतका विषयमा लर्डबुद्धले विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ ।

नेपालको शैक्षिक र आर्थिक विकासमा सूचना प्रविधिको मुख्य भूमिका रहेकाले सम्बन्धित विभिन्न निकायमा सहकार्य गर्दै आएको अध्यक्ष जालानले बताए । 

विद्यार्थीलाई पढ्दै कमाउँदै नीतिलाई फाउण्डेशनले व्यवहारिक कार्यान्वयन गर्दै आएको उनको भनाई छ ।
माइक्रोसफ्टका निर्देशक फारुखले नयाँ नयाँ प्रविधिको विकास कम्पनीको उच्च प्राथमिकतामा सधैँ रहने बताए । 

औद्योगिक र व्यावसायिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पुरा गर्नका लागि कम्पनी सदैव तयार रहेको फारुखले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको