Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोपावरको सेयर मंसिर ११ गतेदेखि खुल्ला, बन्द कहिले ?

सोमबार, ०४ मंसिर २०७४, १२ : १५ मा प्रकाशित

सानिमा माई हाइड्रोपावरको सेयर मंसिर ११ गतेदेखि खुल्ला, बन्द कहिले ?

अर्थ संसार, काठमाडौं– सानिमा माई हाइड्रोपावर लिमिटेडको लिलामी सेयर मंसिर ११ गतेखि खुल्ने भएको छ ।

हकप्रद निष्काशनको सयमा विक्री नभएको  १ लाख ४६ हजार ५ सय ९२ कित्ता शेयर लिलामीमा राख्ने भएको छ । उक्त सेयर मंसिर १९ गतेभित्र लगानीकर्ताले आवेदन दिन सक्नेछन् । हाइड्रोले श्रावन २७ देखि भाद्र २९ गतेसम्म हकप्रद सेयर निष्काशन गरको थियो ।

सेयर खरीदका लागी मूल्य प्रति शेयर १०० रुपैया तोकिएको हँुदा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकी निवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताको लागी आवेदन दिन सक्नेछ ।

यहाँबाट आवेदन दिनुहोस्

आवेदकले कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौ तथा सनराइज बैंक लिमिटेडको शाखा कार्यालयहरुमा पुग्ने गरी आवेदन फारम बुभाउन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको