Like us!
Follow us!
Connect us!
Watch us!

शनिवार बौद्धमा 'भिगन खाना' महोत्सव

अर्थ संसार

विहीबार, १७ फागुन २०८०, ०८ : १५ मा प्रकाशित

शनिवार बौद्धमा 'भिगन खाना' महोत्सव

काठमाडौँको बौद्धमा आउँदो शनिबार फागुन १९ गते खाना महोत्सव हुने भएको छ।

स्नेहाज केयरले हरेक बर्षझैँ यस बर्ष पनि विशुद्ध शाकाहारी माछामासु तथा दहीदुध घिउ पनिरसमेत प्रयोग नहुने शाकाहारी खाना महोत्सव गर्न लागेको हो।  महोत्सव फागुन १९ शनिबार काठमाडौँको बौद्धस्थित उत्पला क्याफेमा हुनेछ।

वनस्पतिमा आधारित परिकारहरुको प्रचार प्रसार गर्ने तथा वनस्पतिमा आधारित जिवन शैलीलाई प्रवर्दन गर्ने उद्देश्यले यो यस कार्यक्रम आयोजना गरिएको नेपाल होमस्टे टुरिजम सर्भिसेस प्रबन्ध निर्देशक बिकेश श्रेष्ठले जानकारी दिएका छन्।

महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, र सामाग्रीको प्रदर्शन हुने छ। वनस्पति खानाको परिकार, र सामाग्रीको विक्रि वितरण हुनेहुँदा भिगन रेस्टुरेन्ट, भिगन सामाग्रीहरुको विक्रेताहरुलाई स्टल राख्ने व्यवस्था गरिएको छ।

महोत्सवलाई भव्य बनाउन लाइभ म्यूजिक, नृत्य प्रस्तुति, वृत्तचित्र स्क्रीनिङ, बालबालिकाका निम्ति प्रतिस्पर्धात्मक खेल लगाएत अन्य कार्यक्रम पनि आयोजना गरिएको छ।

स्नेहाज् केयरले विगत ८ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्य गर्दै आईरहेको छ। पशु कल्याणसम्बन्धी कार्य गर्ने उद्देश्यले वि‍‍सं २०७२ मा ललितपुरको ललितपुर महानगरपालिका २१ मा स्थापित छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको