Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबार पनि घट्यो

अर्थ संसार

विहीबार, ०१ चैत्र २०८०, १५ : ०९ मा प्रकाशित

बिहीबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबार पनि घट्यो

सेयरबजारमा बिहीबार दोहोरो अङ्कको गिरावट आएको छ । अर्थमन्त्रीमा वर्षमान पुनको नियुक्ति भएपछि केही समयसम्म बढेको सेयरबजार करेक्सनको मूडमा देखिएको छ ।

बुधबार २.४८ अङ्कले बढेको सेयरबजार आज थप २७.८४ अङ्कले घटेर २०८०.८७ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब २४ करोड ८५ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३ सय २ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि सामान्य गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा विन लघुवित्त, मानुषी लघुवित्त र गुराँस लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा स्वाभिमान लघुवित्त, जाल्पा लघुवित्त, धौलागिरी लघुवित्त, एलआइसिएन र एनआईसी लघुवित्त र जनउत्थान लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लाइफ इन्स्योरेन्स समूहको उपसूचक सर्वाधिक २.६५ प्रतिशतले घट्दा लघुवित्त समूहको उपसूचक २.०९ र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक १.७ प्रतिशतले घट्यो । आज कुनै पनि उपसूचक बढ्न भने सकेन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको