Like us!
Follow us!
Connect us!
Watch us!

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष, विशेष अदालतमा मुद्दा दायर

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, १४ : ३३ मा प्रकाशित

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष, विशेष अदालतमा मुद्दा दायर

दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विमान खरिदमा संलग्न तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार लगायतलाई प्रतिवादी बनाएर विशेष अदालतमा अभियोगपत्र दायर गरिएको छ । अख्तियारले वाइडबडी खरिदमा करिब डेढ अर्ब रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

लामो समयदेखि अख्तियारले वाइडवडी खरिद प्रक्रिया अनुसन्धान गर्दै आएको थियो । विमान खरिदको प्रक्रिया शुरु हुनासाथ अख्तियारमा उजुरी परेकोमा करिब ५ वर्षपछि भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको