Like us!
Follow us!
Connect us!
Watch us!

सरकारमाथि सांसद दुलालको व्यंग्य– आलोचना नगरौँ, सरकारले जे गर्छ राम्रै गर्छ

अर्थ संसार

सोमबार, ०१ असार २०८३, १६ : ०० मा प्रकाशित

सरकारमाथि सांसद दुलालको व्यंग्य– आलोचना नगरौँ, सरकारले जे गर्छ राम्रै गर्छ

नेकपाका सांसद युवराज दुलालले सरकारले संरचना निर्माणमा जोड दिए पनि त्यसअनुसार पर्याप्त बजेट विनियोजन नगरेको भन्दै कडा आलोचना गरेका छन्। प्रतिनिधिसभामा सोमबार बजेटमाथिको छलफलमा भाग लिँदै उनले युवा परिषद्‌जस्ता संस्थागत संरचनालाई आवश्यक स्रोत–साधन उपलब्ध गराउन नसक्ने हो भने त्यस्ता संरचना नै खारेज गर्न सरकारलाई चुनौती दिए। बजेट र संरचनाबीच तालमेल नभएको उल्लेख गर्दै दुलालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

‘संरचना बनाउने तर बजेट नदिने बनाइएछ, राष्ट्रिय युवा परिषद् । लाखौँ युवालाई सीप विकास, स्वरोजगार र रोजगार प्रवर्द्धन गर्ने, उद्यमशीलता अभिवृद्धि गर्नुपर्ने संघलाई सरकारले दियो जम्मा ६ करोड ३५ लाख बजेट,’ उनले भने, ‘बरु संघ नै विघटन गरिदिएको भए हुन्थ्यो नि । ६ करोड ३५ लाख रुपैयाँ सरकारको बचत खातामा आउँथ्यो कि, अर्थमन्त्रीज्यू ।’

तर, आलेचना नगरौँ भन्दै दुलालले व्यंग्य गरे, ‘सरकारले जे गर्छ राम्रै गर्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको