बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ काे लागि ६६ अर्ब हाराहारीकाे बजेट ल्याउने तयारी गरेकाे छ । आर्थिक मामिला तथा याेजना मन्त्रालय स्राेतका अनुसार ६६ अर्ब हाराहारीकाे बजेट प्रस्तुत गर्ने तयारी भइरहेकाे हाे ।
आज ४ बजेकाे मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा याेजना मन्त्रालयकाे सिफारिसमा आगामी आवकाे बजेट प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृत गरेकाे छ । बजेटमा भाैतिक पूर्वाधारलाई प्राथमिकता दिइएकाे बताइएको छ ।
मन्त्रिपरिषद् बैठक लगत्तै प्रदेशसभाबाट बजेट प्रस्तुत गरिँदैछ । बागमती सरकारले चालू आव २०८२/८३ का लागि ६७ अर्ब ४७ कराेडकाे बजेट ल्याएकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस