Like us!
Follow us!
Connect us!
Watch us!

आइडियल यमुना सहकारी अध्यक्ष उप्रेती सम्पर्क बिहीन

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १० : ३६ मा प्रकाशित

आइडियल यमुना सहकारी अध्यक्ष उप्रेती सम्पर्क बिहीन

आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष केबी उप्रेती बेपत्ता भएका छन् । उपचार गर्न भारत जान्छु भन्दै हिँडेका उप्रेती दुई महिनासम्म पनि फर्किएका छैनन् । अहिले ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको यो  सहकारीका करिब २ सय बचतकर्ताले करिब २ अर्ब बचत फिर्ता माग्दै सहकारी विभागमा उजुरी दर्ता गराएका छन् ।   

आइडियल युमना हाम्रो बहुउद्देश्यीय सहकारी ६ वटा संस्था मर्ज भएर बनेको थियो । यसको कुल निक्षेप तथा सम्पत्ति करिब ८ अर्ब रुपैयाँ र सेयर सदस्य  ३० हजारभन्दा बढी पुगेका थियो । मर्जपछि पनि सहकारी संकटमुक्त नहुँदा उप्रेती फरार भएका हुन् ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका उप्रेती सहकारीबाट लिएको ब्यक्तिगत कर्जाको साँवाब्याज तिर्न नसक्ने र भएको संस्था समेत संकटग्रस्त भएपछि  तनाब अवस्थामा रहेका थिए । आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था संकटमा परेपछि उनी नेपालमा पक्राउ पर्ने डरले भारत गई बसेको स्रोत बताएको छ । 

करिब एक महिनाअघि विभागले तयार पारेको विवरण अनुसार यो सहकारीबाट १ सय ८० बचतकर्ताले १ अर्ब ५० करोड बचत फिर्ता माग्दै विभागमा निवेदन दिइसकेका छन् । 

नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेती बेपत्ता भएपछि उनलाई उक्त  जिम्मेवारीबाट पनि हटाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको