Like us!
Follow us!
Connect us!
Watch us!

देवघाट - हलेशी माउन्ट एभरेष्ट मोटर र्याली जारी

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १३ : ३३ मा प्रकाशित

देवघाट - हलेशी माउन्ट एभरेष्ट मोटर र्याली जारी

बागमती अटोमोबाइल एसोसिएसन र चितवन अटोमोवाइल डिलर एसोसिएसनको संयुक्त आयोजनामा बुधबारदेखि देवघाट हलेशी माउन्ट एभरेष्ट मोटर र्याली सुरू भएको छ । 

वैशाख ५ देखि ७ गते सम्म चल्ने र्याली देवघाटमा शुरु भई हेटौंडा, सिन्धुली, खुर्कोट, घुर्मी, हलेशी महादेव, ओखलढुंगा हुँदै सल्लेरी पुगेर समाप्त हुनेछ । भरतपुर मनपाका उपमेयर चित्रसेन अधिकारी र नेपाल अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष अनील कुमार बरालले फ्ल्याग अफ गरेर र्यालीको शुभारम्भ गरेका थिए । र्यालीको उद्वघाटन गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले भ्रमण बर्ष सफल बनाउन र्याली महत्त्वपूर्ण भएको बताए ।

बागमती अटोमोबाइल एसोसिएसनका अध्यक्षसमेत रहेका चितवन अटोमोबाइल डिलर्स एसोसियसनका अध्यक्ष राजन पियाले टिडिएस र्यालीमा २५ देखि ३० जना ड्राइभर र अटो जिमखाना प्रतियोगितामा १५ देखि २० जना ड्राइभर सहभागि हुने जानकारी दिए । नेपाली मोटर स्पोर्टस् प्रादेशीक संरचनामा गए पश्चात् बागमती अटोमोबाइल एसोसिएसनको यो दोस्रो इभेन्ट हो । 

र्यालीमा विजेतालाई शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कारको व्यवस्था गरेको अध्यक्ष राजन पियाले बताए । र्यालीको उद्घाटनमा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष लगायतका पदाधिकारि, नासा नेपालका पदाधिकारीहरु तथा चितवन अटोमोबाइल डिलर्स एसोसिएन र बागमती अटोमोबाइल एसोसिएसनका पदाधिकारि समेतको उपस्थिति रहेको थियो ।

बिश्वमै अत्यन्तै शाहसिक र पृथक मानिएको मोटर स्पोर्ट्सको नयाँ विधा टिएसडी समेतको मिश्रण रहेको यस र्याली एक दशकदेखि नेपालमा अत्यन्तै प्रचलनमा रहेको छ । टाइम (समय), डिस्ट्यान्स (दुरी), र स्पीड (गति) अर्थात टिडिएस र्याली अन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको 
हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको