Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकार थापामाथि आक्रमण गर्नेलाई कारबाहीको माग

सोमबार, ११ मंसिर २०७४, १८ : ५९ मा प्रकाशित

पत्रकार थापामाथि आक्रमण गर्नेलाई कारबाहीको माग

अर्थ संसार, काठमाडौँ– नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी विषयलाई लिएर महासंघ सिन्धुपाल्चोक शाखा सचिव दिनेश थापामाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ ।

महासंघका सचिव रेमबहादुर विश्वकर्माले आज विज्ञप्ति जारी गर्दै पत्रकार थापामाथि भएको आक्रमण प्रेस स्वतन्त्रतमाथि आक्रमण भएको ठहर गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गरिएको छ ।

विज्ञप्तिमा पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग माग गरिएको छ । आइतबार सुनकोशी गाउँपालिका–६ स्थित आफ्नै घरमा बसिरहेको अवस्थामा साँझ ६ः३० बजेतिर तरुण दलका कार्यकर्ता प्रमोद तामाङको नेतृत्वमा आएको समूहले आक्रमण गरेको महासंघले जनाएको छ ।

यसैगरी प्रेस चौतारी नेपालले प्रदेश नं ३ का प्रदेश संगठन कमिटीका सदस्य थापामाथि आक्रमणमा संलग्नलाई कारबाहीको माग गरेको छ । आज चौतारी उपाध्यक्ष विश्वमणि सुवेदीले दोषीमाथि कडा कारबाही क्षतिपूर्तिसहित पत्रकार थापाको उपचारको व्यवस्था मिलाउन सरकार र राजनीतिक दलसँग माग गर्नुभएको छ । पत्रकार थापाको छाती तथा ढाडमा चोट लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको