Like us!
Follow us!
Connect us!
Watch us!

दीगो विकास लक्ष्य प्राप्त गर्न बाफिया संशोधन आवश्यक छ:उपेन्द्र पौडेल

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, ११ : २७ मा प्रकाशित

दीगो विकास लक्ष्य प्राप्त गर्न बाफिया संशोधन आवश्यक छ:उपेन्द्र पौडेल

बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले दीगो विकास लक्ष्य प्राप्त गर्न बाफिया संशोधन आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित प्रि बजेटरी छलफलमा सहभागी हुँदै पौडेलले यस्तो बताएका हुन् । 

उनले भने, ‘बाफिया संशोधन गर्नुपर्दछ, आज हामी दीगो विकास लक्ष्य प्राप्त गर्न संघर्ष गर्दैछौं, यसको लागि विश्वभरका धेरै वटा एजेन्सीहरुमा सुविधाहरु छन् । त्यसको लागि नेपालको ऐन कानुन संशोधन आवश्यक छ ।’

अर्थमन्त्री बर्षमान पुन, अर्थ सचिव मधु मरासिनी उपस्थित भएको कार्यक्रममा अध्यक्ष पौडेलले सरकारले बण्ड जारी गरेरै भएपनि निर्माण क्षेत्रको भुक्तानी दिनुपर्ने बताए । पौडेलले पूर्वाधा क्षेत्रमा सरकारले दिनुपर्ने भुक्तानी हुँदा देशको अर्थतन्त्र चलायमान बनाउन समेत भूमिका खेल्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको