Like us!
Follow us!
Connect us!
Watch us!

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १४ : १३ मा प्रकाशित

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का हिक्मतकुमार कार्की कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

पार्टीका प्रदेशसभा संसदीय दलका नेता कार्की ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा १६८ (५) बमोजिम बहुमत सदस्यहरुको समर्थन रहेको दाबीसहित प्रस्ताव आह्वान भएसँगै कार्कीले प्रस्ताव पेश गरेका थिए । त्यसलगत्तै समर्थक सांसदको हस्ताक्षर सनाखत गरि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घाेषणा गरेका हुन् ।

नयाँ मुख्यमन्त्री नियुक्तिसँगै कोशी प्रदेशमा निवर्तमान बनेका केदार कार्की भने सरकार गठन आह्वानका विरुद्ध अन्तरिम आदेश मागसहित सर्वोच्च अदालत पुगेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको