Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावरले डाक्यो साधारणसभा, एक्सेस इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई एक्वायर/मर्ज गर्दै

अर्थ संसार

आइतबार, ०६ जेठ २०८१, ०८ : ३५ मा प्रकाशित

पाँचथर पावरले डाक्यो साधारणसभा, एक्सेस इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई एक्वायर/मर्ज गर्दै

पाँचथर पावर कम्पनी लिमिटेडले कम्पनीको आठौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन ।

जेठ ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २७ गते काठमाडौंको बत्तीसपुतलीस्थित होटेल इम्पेरियलमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले एक्सेस इन्भेष्टमेन्ट प्रालि र मेगा भेन्चर प्रालिलाई एक्वायर/मर्ज गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ १७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात जेठ १६ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको