प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक बिहान १ बजे बस्दै छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकार छोडेकाले प्रधानमन्त्रीले संबिधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।
सहकारी ठगि प्रकरणमा प्रतिपक्षी दल नेपाली कांग्रेसको माग बमोजिम सरकार संसदीय समिति समिति गठन गर्न सहमत भएपनि समितिको कार्यादेशमा सहमति नभएकाले आजको बैठक बारे अन्योलता भने रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस