Like us!
Follow us!
Connect us!
Watch us!

पुँजीगत लाभकर ५ प्रतिशत मै झारिदै !

अर्थ संसार

आइतबार, ०६ जेठ २०८१, १७ : ४६ मा प्रकाशित

पुँजीगत लाभकर ५ प्रतिशत मै झारिदै !

सेयरबजार मैत्री ब्रोकर कमिशन घटाउने निर्णय पछि अब पुँजीगत लाभकर पनि ५ प्रतिशत मै झार्ने तयारी गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा पुँजीगत लाभकर पूरानै विन्दुमा झार्ने तयारी भएको हो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले लङ टर्म र सर्ट टर्म कारोबारी छुट्ट्याउने भन्दै दुई थरि कर निर्धारण गरेका थिए जस अनुसार अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशत पुँजीगत लाभकर र दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशत पुँजीगत लाभकर निर्धारण गरिएको थियो ।

३६५ दिनभित्रै सेयर किनेर बेच्नेहरुलाई अल्पकालीन तथा ३६६ दिनसम्म सेयर होल्ड गरेर बिक्री गर्ने दीर्घकालीन लगानीकर्ता मानिएको थियो । नयाँ व्यवस्था अनुसार दुवै किसिमका लगानीकर्तालाई अब ५ प्रतिशत नै पुँजीगत लाभकर निर्धारण गर्ने तयारी भएको छ । सम्भव भए दीर्घकालीन लगानीकर्तालाई लाग्ने लाभकर ३ प्रतिशतको विन्दुमा झार्ने समेत स्रोतले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको