आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि शुरु हुदै छ ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेको विषयमा प्रमुख चार दलबीच सहमति भएकाले आजको संसदको वैठक बिना अवरोध चल्ने देखिएको छ ।
यद्यपी संसदीय छानबिन समितिको टिओआर आज बनाउने भनिएको छ । टिओआरमा बैठकअघिसम्म सहमति भएमा आजका संसद बैठक बिना अवरोध चल्ने देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस