Like us!
Follow us!
Connect us!
Watch us!

जेठ ७ गते विश्वासको मत लिँदै प्रम दाहाल

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, ०९ : १० मा प्रकाशित

जेठ ७ गते विश्वासको मत लिँदै प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई त्यसबारे जानकारी दिँदै जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा दाहालले पत्र पठाएका हुन् । प्रधानमन्त्रीले पठाएको पत्र प्राप्त भएको र सोही अनुसारको तयारी थालिएको संसद सचिवालयले जनाएको छ ।

दाहालले प्रधानमन्त्री नियुक्त भएपछि चौथोपटक विश्वासका मत लिन लागेका हुन् । यसपटक उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दाहालले विश्वासको मत लिनुपरेको हो । पहिलोपटक विश्वासको मत लिँदा उपस्थित २७० सांसदमध्ये २६८ सांसदको मत पाएका दाहालको मत त्यसयता ओरालो लाग्दै आएको छ ।

प्रतिनिधिसभामा कुल २७५ सदस्य रहेकोमा विश्वासको मत पाउन १३८ सांसदको समर्थन चाहिन्छ । एमाले, माओवादी र रास्वपाको समर्थन प्राप्त अहिलेको सरकारलाई विश्वासको मत लिन कुनै कठिनाइ भने छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको