Like us!
Follow us!
Connect us!
Watch us!

इन्जिनमा आगो लागेपछि एयर इन्डियाको विमानको आपतकालीन अवतरण

अर्थ संसार

आइतबार, ०६ जेठ २०८१, १४ : २१ मा प्रकाशित

इन्जिनमा आगो लागेपछि एयर इन्डियाको विमानको आपतकालीन अवतरण

इन्जिनमा आगो लागेपछि एयर इन्डियाको विमानको आपतकालीन अवतरण भएको छ ।

बैङ्गलुरुबाट कोची उड्न लागेको विमानको एक इन्जिनमा आगो लागेपछि शनिबार राति ११:१२ बजे आकस्मिक अवतरण भएको थियो । बैङ्गलुरुको केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा फुल-स्केल आपतकाल घोषणा गरि विमानको सकुशल अवतरण गराइएको थियो । विमानमा १७९ यात्रु र ६ पाइलट दलका सदस्य रहेको जनाइएको छ । अवतरण गर्ने बित्तिकै आगलागी नियन्त्रणमा लिएर विमानमा सवार सबैको उद्धार गरिएको थियो ।

विमानको दाहिने इन्जिनमा आगलागी भएपछि पाइलट दलले बैङ्गलुरु विमानस्थल मै विमान फर्काउने निर्णय लिएको एयरलाइन्सले जानकारी दिएको छ । बिहीबार पनि बैङ्गलुरु नै आउँदै गरेको एयर इन्डियाको अर्को विमानको एसी युनिटमा आगलागी हुँदा विमानलाई दिल्लीमा आपत्कालीन अवतरण गराइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको