Like us!
Follow us!
Connect us!
Watch us!

ताइवानको संसदमा ताण्डव, पेश हुन लागेको बिल नै बोकेर भागे सांसद

अर्थ संसार

शनिबार, ०५ जेठ २०८१, १३ : १९ मा प्रकाशित

ताइवानको संसदमा ताण्डव, पेश हुन लागेको बिल नै बोकेर भागे सांसद

ताइवानको संसदमा प्रमुख प्रतिपक्षी र सत्तारुढ दलका सांसदबीच घम्साघम्सी चलेको छ ।

शुक्रबार संसदमा ल्याउन लागिएको सुधारसम्बन्धि एक बिल पेश गर्न लाग्दा दुई पक्षका सांसद धकेला धकेलदेखि कुटपिटसम्मै उत्रिएका हुन् । विधायिकाको बहुमत विना नवनिर्वाचित राष्ट्रपति लाइ चिङ तेले केही दिनमै पद ग्रहण गर्ने कार्यक्रमको रहेको छ । त्यसअघि संसदमा एक बिल पेश गर्न लाग्दा झडपको अवस्था उत्पन्न भएको हो । सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा एक सांसदले उक्त बिल पेश गर्नु अगाडि खोसेर भागेको देख्न सकिन्छ । यसैगरी सभामुखको कुर्सी वरपर सांसदहरु एक अर्कालाई तान्ने, कुटपिट गर्दै गरेको अर्को भिडियो पनि भाइरल भएको छ । 

राष्ट्रपति निर्वाचित लाइको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी डिपिपिको संसदमा बहुमत भने छैन । यसै गरि प्रमुख प्रतिपक्षी क्वोमिन्ताङ पार्टीको पनि संसदमा बहुमत नहुँदा साना पार्टीसँग सहकार्य गरि बहुमतको प्रयास गरिरहेको छ । विपक्षीले संसदलाई सरकारको निगरानी राख्न थप अख्तियार दिने बिललाई पेश गर्ने क्रममा झडप भएको हो । डिपिपिले विपक्षीले असंवैधानिक रुपमा अख्तियारको दुरुपयोग गरेको आरोप लगाएको छ भने विपक्षीहरुले सरकारले शक्तिको एकाधिकार हात पार्न लागिपरेको बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको