Like us!
Follow us!
Connect us!
Watch us!

सप्तरीमा फेला परेको बम निष्क्रिय, दुई पक्राउ

मंगलबार, १२ मंसिर २०७४, १२ : २५ मा प्रकाशित

सप्तरीमा फेला परेको बम निष्क्रिय, दुई पक्राउ

अर्थ संसार, राजविराज– नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्ताले राजविराज– कुनौली सडक खण्ड अन्तर्गत रञ्जीतपुरस्थित शसस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखेको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाले आज बिहान फेला पारी निष्क्रिय पारेको छ ।

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार विप्लवका कार्यकर्ताले उक्त बम पड्काउने योजना बनाइरहेको गोप्य सूचनाका आधारमा जाँच गर्दा शंकास्पद दुई जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाबाट बताइएअनुसार राखिएको स्थानमा रहेको बम नेपाली सेनासहितको टोलीले निष्क्रिय पारेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।

उनीहरुको साथबाट बम पड्काउने अत्याधुनिक रिमोट कन्ट्रोलका साथै करिब पाँच लिटरको प्रेसरकुकरमा बम राखिएकोे प्रहरीको भनाइ छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयलाई लक्षित गरी विष्फोटन गराउने योजना रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

पक्राउ परेका अभियुक्तलाई नियन्त्रमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको