Like us!
Follow us!
Connect us!
Watch us!

उम्मेदवार लालबाबु पण्डितलाई तर्साउन बम विष्फोटन

मंगलबार, १२ मंसिर २०७४, १३ : ४४ मा प्रकाशित

उम्मेदवार लालबाबु पण्डितलाई तर्साउन बम विष्फोटन

अर्थ संसार, विराटनगर– मोरङमा आज बिहान ८ः५० बजे सुतली बम पड्किएको छ । बूढीगंगा गाउँपालिकाको हात्तीमुढा–५ स्थित नहरमा अज्ञात व्यक्तिले बम पड्काएर भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त बम पड्किएको स्थानबाट करिब ५०० मिटर टाढाको गाउँमा क्षेत्र नं ६ मा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डित घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो । उहाँलाई तर्साउने उद्देश्यले सो बम विष्फोट गराइएको प्रहरीको अनुमान छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको