Like us!
Follow us!
Connect us!
Watch us!

पारदर्शी ‘नथिङ फोन टू’ नेपालमा, यस्तो छ मूल्य र फिचर

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १६ : ३३ मा प्रकाशित

पारदर्शी ‘नथिङ फोन टू’ नेपालमा, यस्तो छ मूल्य र फिचर

बेलायती ब्रान्ड नथिङ मोबाइल नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले सार्वजनिक गरेको हो । कम्पनीले दुई भेरियन्टमा ‘नथिङ फोन टू’ नेपालमा सार्वजनिक गरेको हो ।

नथिङ फोन टूमा टूजीदेखि फाइभजी प्रविधि छ । गोरिल्ला ग्लास र अलुमिनियम फ्रेम रहेको फोनमा दुईवटा सीम कार्ड लाग्छ । १६०० निट्स अधिकतम ब्राइटनेस रहेको फोनमा ६.७ इञ्चको एलटीपीओ ओलेड डिस्प्ले छ ।

एन्ड्रोइड १३ रहेको फोन एन्ड्रोइड १४ मा अपग्रेड गर्न सकिने र नथिङ अपरेटिङ सिस्टम २.५.३ मा आधारित रहेको कम्पनीले जनाएको छ । यसमा चार एनएम प्रोसेस टेक्नोलोजी प्रयोग गरिएको क्वालकमको एसएम८४७५ स्न्यापड्र्यागन ८प्लस जेन१ चिपसेट छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

पछाडिको क्यामेराबाट ४के भिडियो ३० र ६० एफपीएसमा खिच्न सकिन्छ भने अगाडिको सेल्फी क्यामेराबाट १०८० पिक्सेलको भिडियो ३० एफपीएसमा खिच्न सकिने कम्पनीले जनाएको छ ।

फिंगरप्रिन्ट सेन्सर रहेको फोनमा ४७०० एमएएचको लिथियम आयन ब्याट्री छ । नथिङ फोन टूलाई ४५ वाटको चार्जरबाट ५५ मिनटेमा फुल चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।

कति छ मूल्य ?

सेता र डार्क ग्रे रङमा दुई भेरियन्टमा नथिङ फोन टू नेपालमा उपलब्ध रहेको सीजी मोबाइल्सले जनाएको छ । जसमा १५ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ७५ हजार ६९९ रुपैयाँ छ ।

यस्तै, १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको फोनको मूल्य ८३ हजार २९९ रुपैयाँ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको