Like us!
Follow us!
Connect us!
Watch us!

प्रशारण परीक्षण शुरु गरेको चमेलिया जलबिद्युतको बाधँको जग भत्कीयो

बुधबार, १३ मंसिर २०७४, ०८ : ५३ मा प्रकाशित

प्रशारण परीक्षण शुरु गरेको चमेलिया जलबिद्युतको बाधँको जग भत्कीयो

अर्थ संसार,  दार्चुला– राष्ट्रिय गौरवको चमेलिया जलविद्युत् आयोजना दार्चुलाको बलाचँमा रहेको चमेलिया जलविद्युत आयोजनाबाट बिजुली बाल्ने काम अन्तिम चरणमा पुगेको बेला बाधँको गेटको जग नै भत्कीएको छ ।

आयोजनाको बाधँमा रहेका २ ओटा गेटहरुमध्ये एक नम्बर गेटको जग भत्कीएको हो । गेटको जगमा बर्षायामको पानीले गिट्टी बगाएर पानी लिक हुने समस्या देखीएको छ ।

सन २००७ सालदेखि निर्माण कार्य सुरु भएको ३० मेगावाट क्षमताको प्रदेश नम्बर ७ कै ठुलो चमेलिया जलविद्युत आयोजनामा गत बिहीबारदेखि लाइनमा चार्ज प्रबाह गरी प्रशारण परीक्षण शुरु भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो ।

आयोजनामा अत्तरीया ग्रेडबाट चार्ज छोडेर परिक्षण शुरु गरीएको हो । केहि दिनमै अपि हाइड्रोपावरको चार्ज समेत प्रशारण लाइनमा जोड्ने तयारी रहेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचदेखि बैतडी, डडेल्धुरा, डोटी हुँदै कैलालीको गोदावरी, अत्तरीया सम्म टावर निमार्ण गरेर लाइन यसअघिनै बिस्तार भइसकेको छ ।

बिजुली बाल्नुपूर्व आयोजनाले १३२ केभी प्रसारण लाइन निर्माण गरिसकेको छ । साथै लाइनचार्ज, टनेल टेस्टीङ, हेड बक्सको सिबिलको सबै काम पुरा भएको छ ।

यसअघि नोभेम्बर ४ देखि नै वेटटेस्ट शुरु गर्ने प्लान भएपनि हेडवरक्सको काममा समस्या देखिएकाले बिजुली बाल्ने काम पछि सरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको