Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल नियुक्त

बुधबार, १३ मंसिर २०७४, १६ : १० मा प्रकाशित

ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा  पौड्याल नियुक्त

अर्थ संसार, काठमाडौं– ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा रहनुभएका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

लण्डनबाट एमबीए गर्नुभएका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव संगालिसक्नु भएको छ ।  

अनिल ज्ञवालीले दुई बर्ष कार्यकाल बाँकी छँदै बैंक छाडेपछि पौड्याल काम प्रमुख कार्यकारी नियुक्त भएका थिए। गत भदौ २९ गते कामु सिइओ भएका पौड्याललाई बुधबारबाट पूर्ण सिइओ बनाइएको हो।
 
३० बर्ष बैंकिङ क्षेत्रमा बिताएका पौड्यालले नबिल बैंकबाट करियर सुरु गरेका हुन्। उनले सन् १९८७ मा इन्ट्रि लेभलबाट करियर सुरु गरेका हुन्। नबिलमा ११ बर्ष काम गरेपछि उनी एनआइसी बैंक ९अहिलेको एनआइसी एसिया० गएका थिए।
 
एनआइसी स्थापनामा सक्रिय भूमिका खेलेका पौडेलले त्यहाँ पाँच बर्ष काम गरेपछि लक्ष्मी बैक स्थापनाको प्रकृया थाल्न त्यता गए।

लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए। लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव पौडेलसँग छ। उनले त्यहाँ साढे चार बर्ष काम गरेका थिए।
 
ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग लण्डनमै चिनजान भएकाले उनी काठमाण्डौं फर्केर ग्लोबल बैंकको ब्यवस्थापनमा करारमा भित्रिए।

ग्लोबल आइएमइ बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड पुगेको छ। बैंकले दुई अर्ब नाफा गर्दै निक्षेप एक खर्ब नघाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको