अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले देश भर आफ्नो सेवा विस्तार गर्ने क्रममा आजदेखि (मंसिर १३ गते) तनहूँ जिल्लाको म्याग्दे गाँउपालिका–४ थर्पू बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी एक बिशेष समारोहका बिच औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
म्याग्दे गाँउपालिका भित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकको यो थर्पू शाखाले आफ्नो कारोवार संचालनमा ल्याएको हो ।
उक्त शाखा कार्यालयको समुद्घाटन समारोहका प्रमुख अतिथि म्याग्दे गाँउपालिका प्रमुख माया देवी राना आले तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नु भएको थियो ।
पवित्र स्थल देवघाटमा देवघाट शाखा र यस थर्पू शाखा गरी बैंकको तनहूँ जिल्लामा मात्रै २ वटा शाखा कार्यालय भएका छन् ।
गत २ हप्ता भित्र मात्रै ज्योति विकास बैंकले मकवानपुर जिल्लाको ग्रामीण भेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर, काठमाडौंको नेपालटारमा र कैलालीको धनगढीमा नँया शाखा संचालनमा ल्याएको थियो ।
आफ्नो सेवा क्षेत्रलाई ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्रनहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको कुरा कार्यक्रमका सभापतिएंव बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले जानकारी गराउनुभयो उक्त कार्यक्रममा विशेष अतिथि म्याग्दे गाँउपालिका उप–प्रमुख बालकृष्ण घिमिरे, म्याग्दे गाँउपालिकावडा नं.४ का अध्यक्ष प्रेम बहादुर थापा, उद्योग वाणिज्य महासंघ थर्पू बजार इकाई समितिका अध्यक्ष खुमबहादुर नेपाली एवं सचिव चित्रबहादुर शाही, बैंकका प्रमुख कार्यकारी अधिकृतकृष्ण बहादुर कुँवर , म्याग्दे गाँउपालिका एंव४ नम्बर वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिले बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो ।
२०६५ सालश्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ ।
हालसम्म विकास बैंकले करिब १२ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलनतथा १० अर्व ८७ करोड रुपैयाँकर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात बैंकको चुक्तापूँजी २ अर्व ३७ करोड पुगेको छ । गतआ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस