Like us!
Follow us!
Connect us!
Watch us!

गुगलले भारतमा पिक्सल फोन र ड्रोन बनाउने

अर्थ संसार

शनिबार, १२ जेठ २०८१, १४ : १९ मा प्रकाशित

गुगलले भारतमा पिक्सल फोन र ड्रोन बनाउने

प्रविधिको अग्रणी कम्पनी गुगलले भारतमा पिक्सल फोन र ड्रोन बनाउने भएको छ ।

भारतको तमिलनाडू राज्यमा फक्सकन कम्पनीसँगको सहकार्यमा गुगलले पिक्सलका केही मोडल उत्पादन गर्न लागेको हो । यसैगरी गुगलले स्वतन्त्र रुपमा तमिलनाडू मै ड्रोनसमेत बनाउने भएको हो । चीन र अमेरिकालगायत पश्चिमी देशमा तनाव जारी रहँदा गुगल लगायत कम्पनीले भारतलाई वैकल्पिक लगानीको विकल्प तथा उत्पादनस्थलका रुपमा रोज्न थालेका हुन् ।

गुगलका अनुसार पिक्सल ८ लगायतका पछिल्ला मोडलका फोनहरुको उत्पादन यसै वर्षदेखि थाल्ने लक्ष्य कम्पनीको रहेको छ । फक्सकनको तमिलनाडुमा कम्पनीको दुई फ्याक्ट्री रहेकोमा एक फ्याक्ट्रीमा एप्पलका केही मोडल समेत एस्मेबल गरिँदै आएको छ । सम्झौता सँगै गुगलका प्रतिनिधिले तमिलनाडूका मुख्यमन्त्री एमके स्टालिनसँग वार्ता गर्ने तय भएको पनि बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको