नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आर्थिक, सहकारी र बीमा क्षेत्रको पत्रकारितामा योगदान पुर्याएका तीन आर्थिक पत्रकारलाई नाफिज पत्रकारिता पुरस्कार प्रदान गरेको छ । बिहीबार काठमाडौंमा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उर्जामन्त्री बिराजभक्त श्रेष्ठबाट पुरस्कार प्रदान गरिएको हो ।
यस वर्षको भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार सुरेश बिडारी लाई प्रदान गरिएको छ । उनि सेतोपाटी डटकममा आवद्ध छन् ।
त्यस्तै, भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार नेपाल प्रेस डटकमकी रिता राउत ले प्राप्त गरेकी छन् । यसैगरी, नेपाल निर्जीवन बीमा व्यवसायी संघ–नाफिज बीमा पत्रकारिता पुरस्कार बिमा पोष्ट डटकमकी रिना खत्री लाई प्रदान गरिएको छ । उक्त पुरस्कारहरू सम्बन्धित क्षेत्रमा पत्रकारितामार्फत पुर्याएको योगदानको कदरस्वरूप प्रदान गरिएको नाफिजले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस