अर्थ संसार, काठमाडौँ – सानिमा इक्वीटी फण्डमा आवेदन गर्ने म्याद १८ गतेसम्म थप गरिएको छ । सो योजनाका लागि आवेदन दिने अन्तिम म्याद तोकिएको १५ गतेका दिन सार्वजनिक विदा परेकाले १८ गतेसम्म पुगेको हो ।
सरकारले १५ गते शुक्रबार सार्वजनिक विदा दिएको छ भने आइतबार पनि सार्वजनिक विदा नै परेको छ । अब सानिमा इक्वीटी फण्डमा १८ गते सोमबार पनि आवेदन दिन सकिने जनाइएको छ । कम्पनीले ढिलोमा २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको यसअघि नै जानकारी दिएको हो ।
सानिमा क्यापिटलले रु एक अर्ब २० करोडको सानिमा इक्वीटी फण्ड योजना ल्याएको छ । सानिमाले रु १० मूल्य अंकित १२ करोड ईकाईको सात बर्षे इक्वीटी फण्ड कार्यक्रम ल्याएको हो ।
कुल इकाईको १५ प्रतिशतले हुने एक करोड ८० लाख ईकाई सानिमा बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याईएको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस