Like us!
Follow us!
Connect us!
Watch us!

राप्ती गाँउपालिकाको मौरीघाटमा ज्योति विकास बैंकको सेवा सुरु

शुक्रबार, १५ मंसिर २०७४, १७ : ४३ मा प्रकाशित

राप्ती गाँउपालिकाको मौरीघाटमा ज्योति विकास  बैंकको सेवा सुरु

अर्थ संसार, काठमाडौं– ज्योतिविकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने आजदेखि दाङ जिल्लाको राप्ती गाँउपालिका–४ मौरीघाटमा नयाँ शाखा कार्यालय स्थापना सेवा सुरु गरेको छ ।

आज एक बिशेष समारोहका बिच औपचारिक रुपमा संचालनमा ल्याई सेवा सुरु गरेको हो ।  राप्तीगाँउपालिका–४ भित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकको यस शाखाले आफ्नो कारोवार संचालनमा छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन समारोहका प्रमुख अतिथि राप्ती गाँउपालिका प्रमुख नुमानन्द सुवेदीे तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नृु भएको थियो । यो शाखा सहित दाङ जिल्लामा यस बैंकको ४ बटा शाखा कार्यालय भएका छन् ।


आफ्नो सेवा क्षेत्रलाई ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिँदै आएको कुरा कार्यक्रमका सभापति एंव बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा राप्तीे गाँउपालिका वडा नं. ४ का अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्री, राप्ती उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष टोप बहादुर कार्की, सिसहनीया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी, बैंकका कम्पनी सचिव मदनकुमार महत, राप्तीे गाँउपालिकाको विभिन्न वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिले बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्दै बधाई दिनुभएको थियो ।

२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ ।

हाल सम्म विकास बैंकले करिब १२ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ८७ करोड रुपैयाँकर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात बैंकको चुक्तापूँजी २ अर्व ३७ करोड पुगेको छ । गतआ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको