Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा मन्दी छाएको बेलामा बजेटमार्फत केहि वस्तुको कर बढाईदिँदा झन समस्या थपियो:राजेश कुमार अग्रवाल, नेपाल उद्योग परिसंघ, अध्यक्ष

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १३ : ०६ मा प्रकाशित

बजारमा मन्दी छाएको बेलामा बजेटमार्फत केहि वस्तुको कर बढाईदिँदा झन समस्या थपियो:राजेश कुमार अग्रवाल, नेपाल उद्योग परिसंघ, अध्यक्ष

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उद्योग, व्यवसायमैत्री कानुनहरु समयानुकुल परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन् ।

आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । 
बजेटले नयाँ सुधारको कार्यक्रम अघि बढाउने कुरा उल्लेख गरेको बताउँदै उनले निजी क्षेत्रको मनोवल बढाउने, पर्यटन उद्यमशिलता बढाउनेलगायतका क्रियाकलापहरु बजेटका समेटिएको बथताए । 

उनले विभिन्न ऐन तथा नियमावलीमा समायनुकुल परिवर्तन गर्ने कुरालाई समेटेको बजेटले समेटेकाले यसको स्वागत गरिएकोसमेत बताए । ‘बजेटमा भनिएका नयाँ र सुधारात्मक कानुनहरु चाँडो ल्याउनुपर्दछ,’ उनले भने, ‘सूचना प्रविधिलाई जोड दिएर गरिएको घोषणाका कारण हामी उत्साहित छौं ।’

निजी क्षेत्रका लागि सरकारको प्राथमिकता के हो अझै नबुझिएको उनले बताए ।  पछिल्ले समय उद्योगीको मनोबल गिरेको बताउँदै उनले बजारमा मन्दी छाएको र यहि बेलामा सरकारले बजेटमार्फत केहि वस्तुको कर बढाईदिँदा झन समस्या थपिएको बताए । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनेगरी बेलैमा नसोचे बजेटमा घोषणा गरिएअनुरुपको आर्थिक वृद्धिदर हासिल गर्न अप्ठ्यारो हुने उनको भनाई छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको