Like us!
Follow us!
Connect us!
Watch us!

लर्निङ कर्भको “व्हाट्स ट्रेण्डिंग”का साथ नियाल्नुहोस् मार्केटिङ क्षेत्रको भविष्य

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, ०८ : ०९ मा प्रकाशित

लर्निङ कर्भको “व्हाट्स ट्रेण्डिंग”का साथ नियाल्नुहोस् मार्केटिङ क्षेत्रको भविष्य

बिजनेस थ्रीसिक्स्टी र क्याटलिष्ट ले समसामयिक व्यवसायका विषयवस्तुहरू अन्वेषण गर्न समर्पित गतिशील त्रैमासिक पहल “लर्निंग कर्भ”को आयोजना गर्दैछ।

व्यवसायिक विकासको दर्शनलाई निरन्तर रुपमा अँगाल्दै आएको लर्निंग कर्भले गहन छलफल, विशेषज्ञका इनसाइट्स र उद्योगी व्यवसायीहरूका लागि तयार पारिएका कोलाबरेटिभ लर्निंगको लागि मञ्च पनि प्रदान गर्दछ।

यस पहलको उद्देश्य, नयाँ सीप र ज्ञान प्राप्त गर्ने प्रक्रियामा प्राप्त उपलब्धिहरू र चुनौतीहरू पत्ता लगाउँदै, सधैं विकसित हुँदै गइरहेको व्यापारिक परिदृश्यमा अनुकुलन हुने क्षमतालाई बढावा दिने हो।

लर्निङ कर्भको उद्घाटन सत्रको आयोजना “व्हाट्स ट्रेन्डिङः अनलक द फ्युचर अफ मार्केटिङ – ट्रेन्ड्स, एआई एण्ड डाटा–ड्रिभन स्ट्राटेजिज,” शिर्षकमा यहि जुन २७ तारिख दिउँसो १ः३० देखि ६ः३० बजेसम्म होटल रोयल सिंगी, लाल दरबार, कमलादीमा हुने छ।

यो विशेष कार्यशाला डिजिटल मार्केटिङको अत्याधुनिक प्रविधिसँग अपडेटेड रहन उत्सुक अग्रगामी सोच भएका प्रोफेसनलहरुको लागि डिजाइन गरिएको छ।

सहभागीहरूले डिजिटल ल्यान्डस्केपको गतिशील विकास, उपभोक्ताको कन्टेन्ट कन्जम्प्सन ट्रेन्ड्स र मार्केटिङ रणनीतिहरूमा एआई र मेसिन लर्निङको परिवर्तनकारी प्रभावका सम्बन्धमा अमूल्य अन्तर्दृष्टिहरू प्राप्त गर्नेछन्।

कार्यशालाका हाइलाइटहरूः

  • डिजिटल मार्केटिङमा रहेका प्रचलनहरूः दक्षिण एसियाली परिप्रेक्ष्यमा उदीयमान प्रविधि र प्लेटफर्महरूको अन्वेषण गर्ने र अडियन्सको विकसित व्यवहारबारे बुझ्ने।
  • कन्टेन्ट मार्केटिङ इनोभेसन्सः कन्भर्सन्स र इनोभेटिभ इन्फ्लुएन्सर तथा कन्टेन्ट मार्केटिङ रणनीतिहरूमा फनेलिङको महत्त्वबारे जान्ने।
  • मार्केटिङमा एआई र मेसिन लर्निङः व्यवहारिक केसहरूको साथमा एआई र मेसिन लर्निङको बढ्दो प्रभाव पत्ता लगाउने
  • डाटा एनालिटिक्स एण्ड स्ट्राटेजीः मुख्य मेट्रिक्स र केपीआईज, डाटा एनालिटिक्स टुल्स र डाटा इनसाइट्सलाई एक्सनेबल रणनीतिहरूमा परिणत गर्ने विशेषज्ञता हासिल गर्ने।

यो कार्यशाला कसका लागी उपयुक्त छ:

  • मार्केटिङ प्रोफेसनलहरू
  • डिजिटल मार्केटिङ प्रोफेसनलहरू
  • व्यवसायका मालिक र उद्यमीहरू
  • डाटा विश्लेषकहरू
  • विद्यार्थी र मार्केटिङमा हालसालै स्नातक गरेकाहरू

कार्यशालाका सहजकर्ताहरू:

  • रोहन चिन्चोली, चिफ डिजिटल अफिसर, हवास मिडिया, भारतः डिजिटल मार्केटिङ विशेषज्ञ र टेडएक्स स्पिकर रोहन ब्रान्ड र ग्राहक व्यवस्थापनको विशेषज्ञताका खानी हुन्।
  • निशान्त शेखर, डेटा र एनालिटिक्स प्रमुख, हवास मिडिया समूह, भारतः विभिन्न मार्केटिङ डेटा प्रकारहरूमा विशेषज्ञ, निशान्तले धेरै उद्योगहरूमा रही विश्वव्यापी रूपमा कायम व्यापारिक चुनौतीहरूलाई सम्बोधन गरेका छन्।

यो कार्यशाला एक आधारभूत डिजिटल मार्केटिङको कोर्स भन्दा निकै एड्भान्स्ड छ । आफ्नो मार्केटिङ रणनीतिहरू रूपान्तरण गर्दै नवीनतम ट्रेन्ड्स र प्रविधिहरू प्रयोग गर्न इच्छुक प्रोफेसनलहरूको लागि यो एक आवश्यक इभेन्ट हो।

क्याटलिष्टको बारेमाः

क्याटलिष्ट एक अग्रगामी ब्रान्डिङ र मार्केटिङ फर्म हो जसले विभिन्न क्षेत्रका व्यवसायहरूलाई रणनीतिक सपोर्ट प्रदान गर्दछ। क्याटलिष्ट वैज्ञानिक दृष्टिकोण र डाटा–ड्रिभन इनसाइट्स मार्फत् आफ्ना ग्राहकहरूका लागि विकास र सफलतालाई उत्प्रेरित गर्न समर्पित छ।

ब्रान्डिङ, मार्केटिङ, डिजिटल स्ट्राटेजी र मार्केट रिसर्चमा विशेषज्ञता भएका अनुभवी प्रोफेसनलहरूको टोलीका साथ क्याटलिष्टले लक्षित दर्शकहरूसँग प्रतिध्वनित हुने र प्रत्येक ग्राहकको अद्वितीय आवश्यकता अनुरूपका ठोस नतिजा दिनेगरी विस्तृत रणनैतिक समाधानहरू प्रदान गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको