Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा र निक्षेपको ब्याजदर अन्तर सीमा भन्दा धेरै राख्ने पाँच विकास बैंक कारबाहीमा

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, १७ : ११ मा प्रकाशित

कर्जा र निक्षेपको ब्याजदर अन्तर सीमा भन्दा धेरै राख्ने पाँच विकास बैंक कारबाहीमा

नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) तोकिएको सीमा भन्दा धेरै कायम गर्ने संस्थालाई कारबाही गरेको छ।  केन्द्रीय बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४.६ प्रतिशत भन्दा धेरै स्प्रेड कायम गर्ने विकास बैंकहरुलाई र एउटा फाइनान्सलाई कारबाही गरेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा केन्द्रीय बैंकले विभिन्न नियामकीय मापदण्ड पुरा नगर्ने ५ विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । यसरी कारबाहीमा पर्नेमा लुम्बिनी विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, सिन्धु विकास बैंक र जानकी फाइनान्स रहेका छन् । सो अवधिमा केन्द्रीय बैंकले एक्सल डेभलपमेन्ट बैंकलाई ग्राहक पहिचान विवरण नराखेको र स्प्रेड दर तोकिएको सीमा भन्दा माथि राखेको भन्दै २ फरक शिर्षकमा कारबाही गरेको जनाएको छ ।

तर, चालु आवको चैतसम्म आइपुग्दा एक्सेल डेभलपमेन्ट बैंक सहित कर्णाली र नारायणी बैंकको पनि स्प्रेड रेट ४.६ प्रतिशत भन्दा धेरै भएपछि कारबाही गरेको छ । साथै नारायणी डेलपमेन्ट बैंकलाई अनिवार्य मौज्दात कायम नगरेपछि आर्थिक जरिवाना पनि गरेको छ ।

लुम्बिनी विकास बैंकलाई ग्राहक पहिचान विवरण प्रयाप्त रुपमा नराखेको भन्दै सचेत गराएको छ। त्यसैगरी, सिन्धु विकास बैंकलाई पनि कारबाहीमा परेकाे छ। बैंकका अध्यक्षले नियमानुसार संस्थामा बुझाउनुपर्ने सम्पत्ति तथा दायित्वको यथार्थ विवरण समयसीमा भित्र नबुझाएको तथा विगतमा व्यक्तिगत जमानीमा प्रवाहित केही कर्जाहरुको साधारण व्याज समेत मिनाहा गरी साँवा रकम मात्र असुल गरी संस्थालाई हानी नोक्सानी पु¥याएको कसुरमा कारबाही गरिएकाे राष्ट्र बैंकले जनाएकाे छ।

सो अवधिमा केन्द्रीय बैंककाे कारबाहीमा जानकी फाइनान्सका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत पनि परेका छन्। संस्थाले भाखा नाघेका कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा राखेको, एउटै ग्राहकलाई प्राथमिक पुँजीको २५ प्रतिशत भन्दा धेरै कर्जा दिएको तथा अधिकाशं ठुला कर्जाको समस्या रहेको पाएपछि सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रीय बैंकले सचेत गराएको हाे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको