Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकपमा आज नेपाल रहेकै समूहका बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुँदै

अर्थ संसार

सोमबार, २८ जेठ २०८१, ०८ : १३ मा प्रकाशित

विश्वकपमा आज नेपाल रहेकै समूहका बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुँदै

जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह डी अन्तर्गत बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुदै छ ।

न्युयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाले २ खेलमा जित हासिल गरेर ४ अंकसहित शिर्ष स्थानमा रहेको छ । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसलाई पराजित गरेको थियो । त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । 

यी दुवै देशबीच अहिलेसम्म कुल ८ टी-२० खेल भएका छन् र सबै खेल दक्षिण अफ्रिकाले जितेको छ । बंगलादेशले अहिलेसम्म टी-२० खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्न सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको