Like us!
Follow us!
Connect us!
Watch us!

विदेश पठाउने बहानामा १५ करोड ठगी गर्ने गिरोह पक्राउ, ३ सय जनाभन्दा बढी ठगिए

अर्थ संसार

मंगलबार, २९ जेठ २०८१, १३ : ०६ मा प्रकाशित

विदेश पठाउने बहानामा १५ करोड ठगी गर्ने गिरोह पक्राउ, ३ सय जनाभन्दा बढी ठगिए

वैदेशिक रोजगारीमा पठाउने भन्दै ३ सय जनाभन्दा बढीसँग रकम लिई ठगी गर्दै हिँड्ने गिरोह पक्राउ परेको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेश पठाउने भन्दै ठगी गर्ने चितवनका राजकुमार भट्ट कास्कीका पवन पन्त र नविन बिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुले विगत ३/४ वर्षयता ३ सय जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको छ । उनीहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि प्रहरीको भनाइ छ ।

यस सम्बन्धमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उनीहरुले नेपालमा काम दिने बहानामा केही एकाउन्टेन्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको