Like us!
Follow us!
Connect us!
Watch us!

२ करोड रुपैयाँ लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ

अर्थ संसार

मंगलबार, ११ असार २०८१, १४ : २३ मा प्रकाशित

२ करोड रुपैयाँ लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ

भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको छ।

ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे-२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली छन्। उनलाई भक्तपुरबाट असार ७ गते प्रहरीले पक्राउ गरेको हो। यस्तै, सिन्धुपाल्चोक भोटेकोशी-२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङलाई पनि सोही दिन पक्राउ गरिएको हो।

यसैगरी, ओखलढुंगा घर भएका मुनाराज राईलाई पनि असार १० गते ललितपुरको इमाडोलबाट पक्राउ गरिएको हो। ३८ वर्षीय कृष्णबहादुर बोहोरा लाई असार १० गते पक्राउ गरिएको हो। उनी महाराजगञ्जस्थित प्रहरी गणमा कार्यरत प्रहरी हवल्दारसमेत हुन्।  लुटपाटमा संलग्न एक जना भने फरार छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको