Like us!
Follow us!
Connect us!
Watch us!

तारा बराल र शोभा पाठक प्रहरी थुनामा, यस्तो छ उनीहरूमाथिको आरोप

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १६ : ०६ मा प्रकाशित

तारा बराल र शोभा पाठक प्रहरी थुनामा, यस्तो छ उनीहरूमाथिको आरोप

शोभा पाठक र तारा यतीबेला बराल प्रहरी हिरासतमा  छन् । दुईजना पीडित महिलाको उजुरीका आधारमा उनीहरु पक्राउ परेका हुन । तारा बराल यसअघि नै साइबर ब्युरोको नियन्त्रणमा थिइन भने शोभालाई गत  सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । साइबर अपराधको कसूरमा पक्राउ परेकी शोभा पाठकविरुद्ध ५ दिनको म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतबाट ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए ।एक महिलाको चरित्र हत्या गरेको आरोपमा पाठकविरुद्ध उजुरी परेको थियो । सो क्रममा पुल्चोकबाट साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको थियो ।

विद्युतीय माध्यमको प्रयोग गरी चरित्र हत्या गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

उनीहरु दुवैको नाम राजनीतिक दलका उच्च तहका नेता,सुरक्षा निकायका उच्च अधिकारीसंग जोडिएको थियो । साइबर ब्युरोका एसपी दिपकराज अवस्थीका अनुसार शोभा र तारा दुवैले सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने लगायतका अपराधिका कार्य गरेको उजुरीका आधारमा उनीहरु पक्राउ परेका हुन । दुवैविरुद्धको अनुसन्धान जारी छ । दुवैविरुद्ध महिला पीडितले नै उजुरी दिएको एसपी अवस्थीले जानकारी दिए ।

उनीहरु दुवै स्वोघोषित सामाजिक अभियान्ता हुन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको