Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको सेयर किन्ने सोचमा हो ? हेर्नुहोस्, कम्पनीको एक विश्लेषण

सोमबार, १८ मंसिर २०७४, ०८ : ४९ मा प्रकाशित

ज्योति विकास बैंकको सेयर किन्ने सोचमा हो ? हेर्नुहोस्, कम्पनीको एक विश्लेषण

ज्योति विकास बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, १८ मङ्सिर २०७४)

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • बैंकले यो अवधिमा आफ्नो खुद नाफामा ४ प्रतिशत वृद्धि हासिल गरेको छ । यो त्रैमासमा ४ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा कमाउन कम्पनी सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उसले ४ करोड ३५ लाख खुद नाफा कमाएको थियो ।

  • पूँजी वृद्धि भएसँगै प्रतिसेयर आम्दानीलाई सन्तुलनमा राख्न कम्पनीलाई कठिन भइरहेको देखिन्छ । यो अवधिमा पूँजी १२४ प्रतिशत वृद्धि भएकोे छ भने प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६६ पैसाबाट घटेर ८ रुपैयाँ २१ पैसा भएको छ ।

  • यो त्रैमासमा ११ अर्ब ३० करोड निक्षेप उठाई ९ अर्ब ९८ करोड कर्जा प्रवाह गर्न कम्पनी सफल भएको छ ।

  • निक्षेप ४२ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह ४८ प्रतिशत वृद्धि भएको छ ।

  • ऋण तथा निक्षेपमा वृद्धि भएसँगै, कर्जासँग पूँजी र निक्षेपको अनुपात अर्थात् ‘क्रेडिट टु क्यापिटल एण्ड डिपोजिट रेशियो’ ७१ दशमलव ६३ प्रतिशत कायम छ ।

  • खुद ब्याज आम्दानी ३० प्रतिशत वृद्धि भएर १२ करोड ८९ लाख पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ७९ प्रतिशत वृद्धि भएर ७ करोड ११ लाख पुगेको छ । आम्दानीमा प्रोभिजनका कारण २ करोड १६ लाख घट्न पुगेको देखिन्छ भने जोखीम कोषबाट रकम फिर्ता भएको छैन ।

  • निष्क्रिय कर्जामा उल्लेख्य मात्रामा कमी ल्याएको छ । यस अवधिमा बैङ्कको निष्क्रिय कर्जा २ दशमलव १३ प्रतिशतबाट घटेर शून्य दशमलव ८२ प्रतिशतमा आएको छ भने निष्क्रिय कर्जाका लागि १९१ दशमलव ६८ प्रतिशत रकम व्यवस्था गरेको छ ।

  • बैंकले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ १२३ दशमलव १८ रुपैयाँ, प्रतिशेयर आम्दानी ८ रुपैयाँ २१ पैसा, मूल्य आम्दानी अनुपात २३ दशमलव २८ गुणा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ६५३ रुपैयाँ ८२ पैसा र तरलता अनुपात ३४ दशमलव २७ प्रतिशत रहेको छ ।

निष्कर्ष :
समीक्षा अवधिमा
बैंकको निक्षेप, कर्जा र जगेडा कोषमा उल्लेख्य वृद्धि भए तापनि पूँजी वृद्धिअनुरूप खुद नाफा वृद्धि गर्न नसक्दा प्रतिशेयर आम्दानीमा कमी आएको छ । वृद्धि भएको पूँजीअनुरूप प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्ने चुनौती थपिएको देखिन्छ । साथै, निष्क्रिय कर्जामा उल्लेख्य मात्रामा कमी ल्याउनु सक्नु बैंकको सबल पक्ष रहेको छ ।

प्राविधिक विश्लेषण : ज्योति विकास बैङ्क घट्दो प्रवृत्तिमा

प्रतिरोध : १९३ देखि २०० को क्षेत्र । हालको अन्तिम मूल्य : १८६ । टेवा १ : १७३ । टेवा २ : १५०

बजारको अवस्था
यस कम्पनीको ३० नोभेम्बर, २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा कम्पनीको अन्तिम कारोबार मूल्य १ सय ८६ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा १ अङ्क अर्थात् शून्य दशमलब ५४ प्रतिशत बढी हो । अन्तिम दिनको परिमाण ५ हजार १३ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा २ हजार ७ सय ६८ कित्ता बढी हो ।

मूल्यको प्रवृत्ति विश्लेषण
३ महीनादेखि मूल्य प्रवृत्तिहीन रहेको देखिन्छ । यसले बजारमा माग र आपूर्तिबराबर रहेको सङ्केत गर्नुका साथै लगानीकर्ता अन्योल अवस्थामा रहेको देखिन्छ ।

अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : ५० दिनको ईएमएभन्दा मूल्य तल रहेकोले बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ । यो ईएमए हाल प्रतिरोधको रूपमा रहेको देखिन्छ ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ५५ अङ्कमा रहेको छ । यसको प्रवृत्ति हेर्दा बजार सकारात्मक रहेको देखिन्छ ।

मैनबत्ती : अन्तिम दिनको मैनबत्तीले मूल्य बढ्न सक्ने सङ्केत गरे पनि तत्कालीन प्रतिरोधलाई ख्याल गर्नुपर्ने देखिन्छ ।

निष्कर्ष
माथि उल्लिखित मूल्यको प्रवृत्ति र सूचाङ्कको आधारमा बजार विश्लेषण गर्दा, बजार घट्दो प्रवृत्तिमा रहे पनि यदि मूल्य २ सयभन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने सङ्केत गर्दछ र अर्को तत्कालीन प्रतिरोध २ सय २१ मा रहेको देखिन्छ । त्यस्तै, यदि मूल्य १ सय ७३ भन्दा तल रहेमा बजार नकारात्मक हुन सक्ने सङ्केत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको