Like us!
Follow us!
Connect us!
Watch us!

युरोकपमा स्वीजरल्याण्डको विजयी शुरुवात

अर्थ संसार

आइतबार, ०२ असार २०८१, ०७ : २३ मा प्रकाशित

युरोकपमा स्वीजरल्याण्डको विजयी शुरुवात

स्वीजरल्याण्डले युरोकप अन्तर्गत विजयी शुरुवात गरेको छ ।

शनिबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा स्वीजरल्याण्डले हंगेरीलाई ३ -१ गोल अन्तरले पराजित गरेको हो ।

स्वीजरल्याण्डको जितमा क्वाडवो दुआह, माइकल अबिचेर र बरील एम्बोलोले एक एक गोल गरेका थिए । स्वीजरल्याण्डले २ गोल पहिलो हाफमा गरेको थियो भने तेस्रो गोल दोस्रो हाफमा गरेको थियो । त्यस्तै हंगेरीले एक गोल खेलको ६६औ मिनेटमा फर्काएको थियो । हंगेरीका लागि बार्नाबास भार्गाले गोल गरेका थिए ।

यो जितपछि स्वीजरल्याण्डले पहिलो खेलमा जित हासिल गरेर महत्वपूर्ण ३ अंक हसिल गरेको छ । समुह ए मा आयोजक जर्मनीले पनि पहिलो खेल जितेर ३ अंक हासिल गरेको छ ।

अब स्वीजरल्याण्डले दोस्रो खेल जुन २० मा स्कटल्याण्डसँग खेल्ने छ भने हंगेरीले जर्मनीसँग जुन १९ मा खेल्ने तालिका रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको