Like us!
Follow us!
Connect us!
Watch us!

क्रोसियामाथि स्पेनको शानदार जित

अर्थ संसार

आइतबार, ०२ असार २०८१, ०७ : ५३ मा प्रकाशित

क्रोसियामाथि स्पेनको शानदार जित

 स्पेनले युरोकप अन्तर्गत क्रोसियामाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा स्पेनले क्रोसियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा अल्भारो मोराटा, फबियान रुइज र डानी कारभाजलले एक एक गोल गरेका थिए । स्पेनले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो । खेलमा क्रोसियाले धेरै अवसर पाएपनि गोलमा परिणत गर्न भने सकेन । क्रोसियाले खेलको ८०औ मिनेटमा पाएको पेनाल्टी ब्रुनो पेटकोभिकले मिस गरेका थिए ।

यो जितपछि स्पेनले युरोकपमा शानदार शुरुवात गर्दै समुह बी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब स्पेनले दोस्रो खेलमा इटालीसँग जुन २१ मा खेल्ने छ । त्यस्तै क्रोसियाले भने अर्को खेल जुन १९ मा अल्बानियासँग खेल्ने तालिका छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको