Like us!
Follow us!
Connect us!
Watch us!

बेल्जियम स्लोभाकियासँग स्तब्ध

अर्थ संसार

मंगलबार, ०४ असार २०८१, ०७ : ३३ मा प्रकाशित

बेल्जियम स्लोभाकियासँग स्तब्ध

जारी युरोकपमा बेल्जियम पहिलो खेलमै स्लोभाकियासँग स्तब्ध भएको छ ।

गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा स्लोभाकियाले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

स्लोभाकियाको जितमा खेलको सातौँ मिनेटमा इभान चरान्जले गरेको गोल नै खेलको निर्णायक गोल बनेको हो । यस खेलमा बेल्जियमले पाएका कैयौं अवसरलाई गोलमा परिणत गर्न असफल भएको थियो ।

यो हारले बेल्जियम नकआउट चरणमा जाने बाटो कठिन बनेको छ । 

समुह इ अन्तर्गत अब बेल्जियमले अर्को खेल जुन २३ मा रोमानियाविरुद्ध खेल्ने छ । त्यस्तै बेल्जियम जस्तो बलियो टिमलाई हराएर महत्वपूर्ण ३ अंक बटुलेको स्लोभाकियाले अर्को खेल जुन २१ मा युक्रेनविरुद्ध खेल्ने छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको