Like us!
Follow us!
Connect us!
Watch us!

पोर्चुगल जारी युरोकपको नकआउट चरणमा

अर्थ संसार

आइतबार, ०९ असार २०८१, ०७ : ५९ मा प्रकाशित

पोर्चुगल जारी युरोकपको नकआउट चरणमा

 पोर्चुगल जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

पोर्चुगलको जितमा बेर्नान्डो सिल्भा र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए भने एक गोल टर्कीका सामेत अकायदिनले आत्मघाती गोल गरेका थिए ।

यो पोर्चुगलको लगातार दोस्रो जित हो । यस अघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गरेको थियो । समुह एफ मा २ खेलमा दुवै जितसहित ६ अंक हासिल गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको छ । त्यस्तै टर्कीको २ खेलमा ३ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

अब पोर्चुगलले समुह चरणको अन्तिम खेलमा जर्जियासँग जुन २७ मा खेल्ने छ भने सोहि दिन टर्कीले चेक रिपब्लिकसँग खेल्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको