Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफ इन्स्योरेन्सद्वारा तालिम सञ्चालन

अर्थ संसार

बुधबार, ०५ असार २०८१, १२ : २७ मा प्रकाशित

नेशनल लाईफ इन्स्योरेन्सद्वारा तालिम सञ्चालन

नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना वरिष्ठ कर्मचारीहरूका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रबर्द्धन गर्ने प्रयोजनले एक बहु आयामिक प्रशिक्षण प्रदान गरेको छ । कम्पनीले उक्त प्रशिक्षण काठमाडौंमा असार ३ र ४ गते संचालन गरेको हो ।

यो प्रेरणादायी प्रशिक्षणबाट कर्मचारीहरुको व्यक्तिगत एवंम् व्यवसायीक विकाश हूने र कम्पनीको लागि समेत उपयोगी हूने अपेक्षा गरिएको छ । विविध पक्षलाई समेटेर तयार गरिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दूबैको व्यवासायीकतामा बृद्धि हूने र कर्मचारीहरुलाई स्वस्थ्य वातावरणमा नवीनतम् ढंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्नेछ ।

तालिमको नेतृत्व आर्ट अफ लिभिङ नेपालका कर्पोरेट कार्यक्रम निर्देशक नीभा एम. प्रधानले गरेकी थिइन् । प्रधान एक सम्मानित अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक हुन्, जसको बैंकिङ क्षेत्रमा उच्च व्यवसायीक पृष्ठभूमि रहेको छ । कर्जा पोर्टफाेलियोहरु प्रबन्ध गर्न र व्यवस्थापन तालिमहरु सञ्चालन गर्न उनीमा विशेषता छ । उनको विशेषता र अनूभवले यो कार्यक्रमलाई सफल पार्न बहूमूल्य सहयोग प्रदान गरेको छ । साथै यस कार्यक्रममा वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र सम्झना खरेलले पनि सहयोगी भूमिका निर्वाह गरेका थिए ।

आर्ट अफ लिभिङसँग यस्ता कार्यक्रमहरु सम्बन्धी चालिस वर्षभन्दा वढि समयावधिको सफल अनूभव रहेको र विश्वभरका लगभग १८६ देशहरुमा यी कार्यक्रम कार्यान्वयन गरिएको छ । यी कार्यक्रमहरु विश्व स्वास्थ्य संगठनको वेलनेश मोडेलसंग मेल खाने हिसावले तयार गरिएको छ । यस कार्यक्रमबाट सहभागीहरुलाई रोग र तनाव-मूक्त गरी समग्र स्वास्थ्य र कल्याणलाई बढावा दिने साथै कर्मचारीहरुमा उनीहरुको मानसिक अवस्था, कार्य सम्पादन, उर्जा स्तर, निर्णय लिने, समय व्यवस्थापनमा उल्लेखनीय सूधारहरु हूनेमा कम्पनी विश्वस्त रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको