Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, १२ : ३५ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बिमांकीय मूल्यांकनअनुसार बिमितले न्यूनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्मका दरले बोनस पाउने छन् ।

नयाँ बोनसदरअनुसार सावधिक जीवन बिमालेखअन्तर्गत न्यूनतम ९ वर्षदेखि अधिकतम २९ वा सोभन्दा माथि अवधिका बिमालेखले ६४ देखि ८५ रुपैयाँसम्म बोनस पाउनेछन्। 

कम्पनीले सावधिक तथा आजीवन बिमालेखअन्तर्गत न्यूनतम ९ वर्ष देखि अधिकतम २९ वा सोभन्दा माथिको अवधि भएका बिमालेखमा बिमितले ६४ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउनेछन्।

साथै अग्रिम भुक्तानी सावधिक जीवन बिमालेखमा न्यूनतम ९ वर्षदेखि अधिकतम २९ वर्ष वा माथिको अवधिका बिमालेखमा बिमितले न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनस पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको