Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य सुधार, फाइनान्स उपसमूहमा देखियो आकर्षण

अर्थ संसार

बुधबार, ०५ असार २०८१, १५ : १६ मा प्रकाशित

सेयर बजारमा सामान्य सुधार, फाइनान्स उपसमूहमा देखियो आकर्षण

आज नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को विन्दुमा कायम भएको छ । बुधबार नेप्सेमा कारोबार भएका ३०८ वटा कम्पनीको ७२ लाख ९ हजार कित्ता सेयर खरिदबिक्री भई तीन अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २० करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्लोबल आइएमई लघुवित्तको ८ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ९.८८ प्रतिशतका दरले कमाएका छन् । कुथेली बुखरी हाइड्रोको लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । मन्दकीनि हाइड्रोका लगानकिर्ताले पनि ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको