Like us!
Follow us!
Connect us!
Watch us!

फेरि २००० विन्दुमाथि नेप्से, ४ अर्ब ८ करोडको सेयर कारोबार

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १५ : २६ मा प्रकाशित

फेरि २००० विन्दुमाथि  नेप्से, ४ अर्ब ८ करोडको सेयर कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार चौथो दिन समेत सुधार आएको छ । सेयर बजार २६.५२ अकंले बढेर २०२५.४१ बिन्दुमा बन्द भएको छ ।

बजार बढ्दा २१९ कम्पनीको सेयरमूल्य बढेको छ भने २२ वटाको घटेको छ। आज नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी लघुवित्त समूह ३.४४ प्रतिशतले बढेको छ।

मंगलबार नेप्सेमा सूचीकृतमध्ये ३२० कम्पनीका ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६५ रुपैयाँमा किनबेच भएका छन्।

आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। आज यस कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ११ करोड ६१ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । आरएसडिसी लघुवित्तको ७ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको