प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरूङले खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै राजीनामा पत्र पानीले भिज्ने हो कि भन्ने चिन्ता लागेको भन्दै कटाक्ष गरेका छन्।
‘युवा तथा खेलकुद मन्त्रीले खल्तीमा राजीनामा पत्र बोकेर हिँड्नु भएको छ, त्यसैले कडा बोल्नु भएन। कडा बोल्दा खल्तीबाट खुत्रुक्क राजीनामा पत्र निस्कियो भने गाह्रो होला। राजीनामा पत्र खल्तीमा बोकेर नहिड्नुस् पानीले भिज्ला,’ उनले भने, ‘पानीमा भिज्यो भने च्यातिन्छ, नच्यातिओस् भन्ने मेरो कुरा हो। सुरक्षित नै राख्नुहोस् लेमिशन गरेर राख्नुस् ।’ उनले भनेका छन् ।
केही समयअघि खेलकुदमन्त्री श्रेष्ठले राजीनामा पत्र खल्तीमा बोकेर हिँडेको र त्यसमा मिति मात्र लेख्न बाँकी रहेको बताएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस